About Us

परिचय [Introduction]

नेपालको पोल्ट्री क्षेत्रमा करिब ३५ वर्षको अनुभव प्राप्त व्यक्तिहरुको समूहद्वारा नयाँ उद्योगको रुपमा स्थापित यस गोरी शंकर एग्रो इण्डष्ट्री प्रा. लि. सुनसरी जिल्लाको लौकहीमा स्थापना गरिएको छ। विगत १० वर्ष देखि गोरी शंकर दानाको बिक्री एवं उपभोग गर्दै आइरहेको समूहले आफ्नो खपत तथा बजारमा गुणस्तरीय दाना उपलब्ध गराउने उद्देश्य सहित ४० टन प्रति घण्टा क्षमताको नयाँ उद्योग स्थापना गरिएको हो। ४० टन प्रति घण्टा क्षमताको उद्योगमा ब्रोइलर, लेयर्स, प्यारेन्ट, गिरिराज, गाई-भैंसी, बङ्गुर, माछा तथा हाँसका लागि आवश्यक दाना उत्पादन गरिन्छ।

खुल्ला बजारमा बिक्री वितरण मात्र नभई चितवन लगायत देशका विभिन्न भागमा रहेका आफ्ना फर्महरूमा समेत हामीले हाम्रो उत्पादनको प्रयोग गर्दछौं। युरोप, अमेरिका लगायत विश्वका विभिन्न मुलुकहरूबाट ल्याइएका अत्याधुनिक प्रविधिका स्वचालित फिड प्लान्ट, अटो ब्याचिंग उपकरण तथा कच्चा पदार्थ भण्डारणका लागि अत्याधुनिक प्रविधि जडित साइलो प्रयोग गरिएको छ। चितवनको अभिनास समूह, विश्व समूह लगायत औषधि तथा पोल्ट्री पालन क्षेत्रमा क्रियाशील विभिन्न अनुभवी व्यक्तिहरुको संलग्नतामा संचालित यस उद्योगको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको गुणस्तरीय पशुपन्छी तथा माछाको दाना एवम् आवश्यक कच्चा पदार्थहरू उत्पादन गरी सुपथ मूल्यमा उपलब्ध गराउने रहेको छ।

गोरी शंकर एग्रो द्वारा उत्पादित दाना बजारमा गोरी शंकर नामले परिचित छ। बजारमा हाल गोरी शंकर ब्रोइलर दाना, गोरी शंकर लेयर्स दाना, गोरी शंकर गिरिराज दाना, गोरी शंकर गाई भैंसी दाना, गोरी शंकर बङ्गुर दाना, गोरी शंकर माछा दाना उपलब्ध छन्।